जन्मदिनको अवसरमा युवा व्यवसायी खनालले गरे बिरामीलाई आर्थिक सहयोग

1

-टेकराज भुसाल अर्घाखाँची । 
अर्घाखाँची – खनाल ब्रदर्श एण्ड कन्स्ट्रक्सन अर्घाखाँचीका संचालक तथा युवा व्यवसायी कबिराम खनालले आफ्नो जन्मदिनको अवसर पारेर दिर्घ बिरामीहरुलाई आर्थिक सहयोग गर्नुभएको छ।
भाद्र ४ गते परेको आफ्नो जन्मदिनको अवसरमा युवा व्यवसायी खनालले क्यान्सरबाट पिडित भै हाल भारतमा उपचार गराईरहनुभएका स.न.पा- ८ का नारायण पराजुलीलाई २० हजार, रुखबाट लडेर घाइते भइ उपचार गराइरहनु भएकि भु.न.पा-४ की अस्मिता राेकायलाई १० हजार, लिभरकाे
ad
समस्या देखिएका मालारानी ९ का केशव नेपालीलाई ५ हजार, दुबै मृगौला फेल भएकी  स.न.पा-११ कि पुस्पा खनाल (कुवर)लाई ५ हजार, मृगौला फेल भइ आँखा नदेख्ने स.न.पा- १० कि शर्मिला गन्धर्भलाई ५ हजार, पाठेघरकाे क्यान्सरले पीडित भु.न.पा-५ कि गिता गैरे (बेलवासे)लाई ५ हजार र प्यारालाइसिस बिरामी स.न.पा- १ का कृष्णबहादुर बिकलाई ५ हजार सहयोग हस्तान्तरण गर्नुभएको हाे।
साथै खनालले रु ५० हजार बराबरको कन्सन्टेटर मेसिन किनेर आवश्यक पर्दा बिरामीहरुलाई उपलब्ध गराउने गरी हाल एकजना बिरामीलाई सहयोग गर्नुभएको छ।
केहिदिनको लागि अक्सिनज लिनुपर्ने अबस्थाका बिरामीहरुलाई मेसिन किन्न महङ्गो पर्ने हुँदा र त्यस्ता दृस्टान्तहरु आफैले देखेको भएर,अस्थायी अक्सिजन प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर उक्त मेसिन किनेको खनालले बताउनुभयो ।
युवा व्यवसायी खनाल आफ्नो व्यवसायसँगै सामाजिक कार्यमा अग्र पंक्ति रहेर काम गर्दै आउनुभएको छ भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा भूमिकास्थान नगरपालिकाकाे नगरप्रमुख (मेयर) पदमा झिनो मत पराजित हुनुभएको थियो।

ad