चिया तथा कफी विकास बोर्ड भन्छः नेपालमा ११ लाख ९८ हजार ५ सय ३५ हेक्टरमा कफी खेती गर्न सकिन्छ, आर्थिक समृद्धिको निम्ती बाटोमा हैन अबको लगानी माटोमा गरौंः निर्देशक डाक्टर भट्टराई (तस्बिर सहित)

1

No photo description available.  – गोपाल प्रसाद भट्टराई

भाद्र–११,अर्घाखाँची । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु प्रसाद भट्टराईले आर्थिक समृद्धिको निम्ती बाटोमा हैन माटोमा लगानी गर्न सबैतहका सरकारलाई आग्रह गर्नुभएको छ । नेपालको इतिहाँसमा भौतिक पूर्वाधार खडा गरिनुलाई मात्र विकास मानिने परम्पराको स्मरण गराउँदै डा भट्टराईले यसबाट माथि उठेर माटोमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ad

अर्घाखाँचीको भुमिकास्थान–१०, धनचौरमा व्यवसायिक कफी खेती प्रवद्र्धन गर्ने उदेश्यका साथ सन्धिखर्कमा सुरु भएको २ दिने कफी खेती तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “बाटोमा लगानी धेरै भइसक्यो,यसको उपलब्धि भनेको गाउँबाट बसाईसरेर बजार झर्न सजिलो बनायो” निर्देशक डा.भट्टराईले भन्नुभयो, “विकासले गाउँभरिने मानिसले शहर भरिने भयावह स्थितिलाई नियन्त्रण गर्नु अहिलेको आवस्यकता हो ।” उहाँले अगाडि थप्नुभयो, “यसको निम्ती अब बाटोमा हैन लगानी माटोमा गर्न जरुरी छ ।” नेपालमा व्यवसायिक कफी खेतीको प्रचुर सम्भावना रहेको ब्रिफिङ्ग गर्दै डाक्टर भट्टराईले चक्लाबन्दी गरि कफी खेतीमा लाग्न किसानलाई सुझाव दिनुभएको छ ।

May be an image of 6 people, people studying, television, newsroom and text

कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगर प्रमुख झविलाल थापाले भुमिकास्थानलाई केन्द्रित गरेर तालिमको आयोजना गरेकोमा आयोजकलाई धन्यावाद दिनुभएको छ । कृषि,पर्यटन,उद्योग र ब्यापार नै भुमिकास्थानको आर्थिक समृद्धिको आधार भएको बताउँदै नगरप्रमुख थापाले व्यवसायिक कृषि गर्नेलाई नगरपालिकाले बारीदेखि बजारसम्म हातेमालो गर्ने वचन दिनुभएको छ ।

May be an image of 7 people and table

नगरपालिकामा ब्याप्त रहेको बसाईसराई र बेरोजगारी समस्यालाई नियन्त्रण गर्न भुमिकास्थानले कर्मशिल जनशक्ति परिचालन कार्यक्रम ल्याएको जानकारी दिंदै नगरप्रमुख थापाले यो कार्यक्रममा जोडिन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

May be an image of 5 people, suit and flute1

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव भक्तराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजि सचिव मातृका आचार्य, कृषि तथा पशुपंक्षी विकास मन्त्रीका स्वकिय सचिव शुसिल भट्टराई र नेपाल कफी व्यवसायी महासंघका केन्द्रिय सदस्य पुश्करनाथ बन्जाडेले मन्तव्य राख्दै नेपालको कफी विश्वमै उच्च गुणस्तरिय मापन गरेको जानकारी गराउँदै व्यवसायिक कफीखेती गर्न किसानलाई आग्रह गर्नुभएको छ ।

May be an image of 8 people

माग उच्च उत्पादन कम भएकोले कफी खेतीमा किसान र नेपालको भविष्य उज्वल रहेको उहाँहरुको भनाई छ । व्यवसायिक कृषि गर्ने किसानलाई कुनैपनि किसिमको सहयोग गर्न सरकार तयार रहेको उहाँहरुको भनाई छ ।

May be an image of 4 people, people studying and television

कार्यक्रम राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत चन्द्र पुरीको सहजीकरणमा सम्पन्न भएको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र इयु टिआइपी कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय ब्यापार केन्द्र, नेपालको आर्थिक सहयोगमा संचालन भएको तालिममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,कृषी तथा पशुपंक्षी विकास मन्त्रालय,भुमिकास्थान नगरपालिका लगायतका सरकारका अंगहरुमा आबद्ध व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

May be an image of 5 people, people studying and table

नवौं शताब्दिमा इथियोपियाको कफा प्रान्तमा काल्दी नामक बाख्रा गोठालाले भट्टाएपछि कफीको सेवन र खतीको रुपमा विकास भएको पाइन्छ । पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै विक्री हुने वैधानिक पेय पदार्थ कफी अहिले विश्व बजारमा निकै लोकप्रिय बन्दै गइरहेको छ भने नेपालको कफी अझ गुणस्तरिय कहलिएको कफी विज्ञहरुले बताएका छन् । स्वाद र गुणस्तरले भरिपूर्ण अरबिका प्रजातीको कफी नेपालमा सफल उत्पादन हुने भएकोले यसको माग विश्मा अधिक हुने गरेको पाइएको छ ।

May be an image of 8 people, people studying and television

नेपालमा पहिलोपटक गुल्मी आँपचौरका हिरा गिरीले कफीखेतीको सुरुवात गरेको इतिहाँस छ । जसबाट विकसित हुँदै अहिले मुलुकका ४३ जिल्लामा व्यवसायिक कफी खेती गर्न थालिएको छ । नेपालको ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न र ६३ हजार हेक्टरमा विशिष्ट गुणस्तरको कफी उत्पादन गर्न सकिने विभिन्न अध्यनले देखाएको छ ।

May be an image of 4 people and suit

अहिले नेपालमा २ हजार ५ सय मेट्रिकटन आन्तरिक र १४ हजार मेट्रिकटन कफीको बाह्य माग रहेपनि ३ हजार ३ सय ४६ हेक्टर क्षेत्रफलमा ३ सय ५५ मेट्रिकटन मात्रै कफी उत्पादन हुने गरेको छ । समुन्द्रि सतहदेखि ८ सय देखि १६ सय मिटर सम्मको उचाईमा कफी खेती गर्न सकिने भएकोले नेपालका सबैजसो पहाडि जिल्लामा यसको खेती गर्न सकिने त्यसमापनि अर्घाखाँची अझबढि सम्भावना भएको क्षेत्र भएको बताइएको छ ।

May be an image of 7 people, people studying, clarinet and flute

अरबिका कफीको पाकेको दाना समेत अहिले प्रति किलो ९५ देखि १३० रुपैंया सम्म बिक्रि हुँदै आएको छ भने सक्कली अराबिका कफी प्रति कप २ सय ५ सय रुपैंया सम्ममा बिक्रि हुन थालेको छ ।

थप तस्बिर – गोपाल प्रसाद भट्टराइ

May be an image of 6 people and tableMay be an image of television, speaker and textMay be an image of 1 person, studying and textMay be an image of 6 people, people studying, television, newsroom and text

ad