दिगो विकास र आर्थिक समृद्धिको निम्ती श्रम नभइ वस्तु विदेशमा बेच्नु अहिलेको आवस्यकता होः डाक्टर घिमिरे (तस्बिर सहित)

1

No photo description available.   – गोपाल प्रसाद भट्टराई

भाद्र–१२,अर्घाखाँची- अन्तराष्ट्रिय ब्यापार केन्द्र आइ.टि.सी. नेपालका कार्यक्रम प्रमुख डाक्टर बिदुर घिमिरेले नेपालले दिगो विकास र आर्थिक समृद्धिको निम्ती विदेशीलाई श्रम नभइ वस्तु बेच्नुपर्नेमा जोड दिनुभएको छ ।

ad

श्रम बेचेर आउने पैसा दिगो नहुने भन्दै उहाँले नेपालको उत्पादन बढाएर निर्यातमा ध्यान दिनु आजको आवस्यकता भएको बताउनुभएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अर्घाखाँचीको भुमिकास्थान–१० धनचौरमा व्यवसायिक कफी खेती प्रबद्र्धन गर्ने उदेश्यका साथ सन्धिखर्कमा आयोजना गरेको दुई दिने कफीखेती सम्बन्धि आधारभुत तालिमको समापन समारोहलाई सम्बोधन गर्दै आइ.टि.सी. नेपालका कार्यक्रम प्रमुख डाक्टर घिमिरेले यस्तो बताउनुभएको हो ।

May be an image of 1 person, studying and text

नेपालको कफी विश्वमै गुणस्तरिय कहलिएको जानकारी गराउनुहुँदै आइटिसि कार्यक्रम प्रमुख डाक्टर घिमिरेले व्यवसायिक कफी खेती नेपाली किसान र नेपालको लागि ठुलो अवसर भएको समेत बताउनुभएको छ ।

May be an image of text that says "International Trade Centre 1993 Funded by the European Union किसानहरुका लागि दिगो तथा व्यवसायिक कफी उत्पादन तालिम इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम Aug 27-28, 2023 (१०-१የ भदा २०૮० सन्धिखर्क, अर्घाखाची"

1

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत चन्द्र पुरी र बोर्डको प्युठान कार्यालयका निमित्त कार्यालय प्रमुख एकराज संज्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा नागरिक बहुउदेश्यिय सहकारी संस्था धनचौरका २८ जना किसानको सहभागिता रहेको थियो ।

May be an image of 1 person and text

२ दिन सम्म चलेको तालिममा सहजकर्ता द्धोय पुरी र संज्यालले कफीको इतिहाँस, विकासक्रम, खेतीको प्रक्रिया,आइपर्ने चुनौंति र बजार तथा उपयोगविधि लगायतका आधारभुत बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

 

तालिमको समापन कार्यक्रममा सहभागिको तर्फबाट नेपाल कफी व्यवसायी महासंघका केन्द्रिय सदस्य पुश्करनाथ बन्जाडे, पत्रकार गोपाल प्रसाद भट्टराई, नागरिक बहुउदेश्यिय सहकारी संस्था धनचौरका अध्यक्ष शुभ समाल र सावित्रा नेपालीले आ–आफ्नो अनुभव सेयर गर्नुभएको थियो ।

May be an image of 13 people and temple

माग उच्च भएपनि उत्पादन कम भएकोले कफी खेतीमा किसान र नेपालको भविष्य उज्वल रहेको उहाँहरुको भनाई थियो ।

May be an image of 7 people and tree

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र अन्तराष्ट्रिय ब्यापार केन्द्र, नेपालको आर्थिक सहयोगमा संचालन भएको तालिममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषी तथा पशुपंक्षी विकास मन्त्रालय, भुमिकास्थान नगरपालिका लगायत सरकारका अंगहरुमा आबद्ध व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

May be an image of 6 people and tree

नवौं शताब्दिमा इथियोपियाको कफा प्रान्तमा काल्दी नामक बाख्रा गोठालाले भेट्टाएपछि कफीको सेवन र खेतीको रुपमा विकास भएको पाइन्छ । पेट्रोलियम पदार्थपछि सबैभन्दा धेरै विक्री हुने वैधानिक पेय पदार्थ कफी अहिले विश्व बजारमा निकै लोकप्रिय बन्दै गइरहेको छ भने नेपालको कफी अझ गुणस्तरिय कहलिएको कफी विज्ञहरुले बताएका छन् ।

May be an image of 9 people and text

स्वाद र गुणस्तरले भरिपूर्ण अरबिका प्रजातीको कफी नेपालमा सफल उत्पादन हुने भएकोले यसको माग विश्मा अधिक हुने गरेको पाइएको छ ।

May be an image of 6 people

नेपालमा पहिलोपटक वि.सं.१९९५ सालमा गुल्मी आँपचौरका हिरा गिरीले बर्माबाट कफीको बिउ ल्याएर खेतीको सुरुवात गरेको इतिहाँस छ । जसबाट विकसित हुँदै अहिले मुलुकका ४३ जिल्लामा व्यवसायिक कफी खेती गर्न थालिएको छ । यस्तै मंसिर १ गते नेपालमा राष्ट्रिय कफी दिवस मनाउने र सोही दिन कफीको न्युनतम समर्थन मुल्य निर्धारण गर्ने प्रचलन रहँदै आएको छ ।

May be an image of 4 people

नेपालको ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न र ६३ हजार हेक्टरमा विशिष्ट गुणस्तरको कफी उत्पादन गर्न सकिने विभिन्न अध्यनले देखाएको छ । अहिले नेपालमा २ हजार ५ सय मेट्रिकटन आन्तरिक र १४ हजार मेट्रिकटन कफीको बाह्य माग रहेपनि ३ हजार ३ सय ४६ हेक्टर क्षेत्रफलमा ३ सय ५५ मेट्रिकटन मात्रै कफी उत्पादन हुने गरेको छ ।

May be an image of 2 people, television and text that says "International trade Gentre किसानहरुका लागि दिगो तथा व्यवसायिक कफी उत्पादन इयु नेपाल व्यापार नथा लगानी कार्यक्रम सन्थितरक अर्पाखॉची"ad

समुन्द्रि सतहदेखि ८ सय देखि १६ सय मिटर सम्मको उचाईमा कफी खेती गर्न सकिने भएकोले नेपालका सबैजसो पहाडि जिल्लामा यसको खेती गर्न सकिने त्यसमा पनि अर्घाखाँची अझ बढि सम्भावना भएको क्षेत्र भएको कफी विज्ञहरुको भनाई छ ।

May be an image of 6 people and tree

अरबिका कफीको पाकेको दाना समेत अहिले प्रति किलो ९५ देखि १३० रुपैंया सम्म बिक्रि हुँदै आएको छ भने सक्कली अरबिका कफी प्रति कप २ सय देखि ५ सय रुपैंया सम्ममा बिक्रि हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

थप तस्बिर : गोपाल प्रसाद भट्टराई

May be an image of 7 peopleMay be an image of 3 people, beard, people smiling and monumentMay be an image of 1 person, studying and text