

– दामोदर खत्री ,, अर्घाखाची डट्कम ।
पाल्पा– पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन्।
गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको गुडिरहेको जिपमा माथिबाट पहिरोसँगै ढुंगा खस्दा सो घटना भएको हो ।


मृत्यु हुनेमा दुई पुरुष र एक महिला भए पनि उनीहरुको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि पाल्पाको तानसेन मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।







