नेतृत्व निर्माणमा हामीले खेलेको भूमिका लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको कसीमा जाँच्दा: सन्दर्भ नेकपा (एमाले) प्रथम लुम्बिनी प्रदेश अधिवेशन

1

– श्रीकृष्ण भुसाल 

अर्घाखाची । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यही २०८० भाद्र १६ र १७ मा बुटवलमा आयोजना गरिएको थियो । अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक भव्य समारोहका बीच गर्नुभएको थियो भने बन्द सत्रमा समेत अध्यक्षले अधिवेशनलाई दिशानिर्देश गर्ने गरी महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो ।

एमाले लुम्बिनी प्रदेश अधिवेशन: लुम्बिनीका १२ मध्ये ८ जिल्लामा निर्विरोधad

२ दिनमा सम्पन्न गर्नेगरी आयोजना गरिएको उक्त अधिवेशन निर्वाचनको कारणले लम्विएर पाँचौं दिन मात्र सम्पन्न भएको थियो । अधिवेशनले करिव ६० प्रतिशत सर्वसम्मत र ४० प्रतिशत निर्वाचनको माध्यमबाट नेतृत्व चुनेको छ र लुम्बिनीको विकास र समृद्धिको बुटवल घोषणापत्र समेत जारी गरेको छ ।

यसरी यो अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ, यसले नेकपा (एमाले)का अन्य प्रदेशका अधिवेशनलाई समेत दिशा निर्देश गरेको छ ।

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्वमा सहमतिको प्रयास जारी – Online  Khabar1

यो अधिवेशनको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा नेतृत्व गर्ने पार्टीका शीर्ष नेताहरु खासगरी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोख्रेललाई जोडेर वहाँहरुको तर्फबाट २ जना छुट्टाछुट्टै अध्यक्ष पदका उम्मेदवारहरु तयार गरिएको भनेर गोयबल्स शैलीमा कुप्रचार गरिएको थियो । जसलाई उदघाटन सत्रको मन्तव्य मार्फत नेता द्वयले एक स्वरमा खारेज गर्नुभएको थियो ।

उदघाटन सत्रको समाप्ति पश्च्यात बन्द सत्र सुरु नहुँदै महासचिव शंकर पोख्रेल चीन भ्रमणको लागि काठमाण्डौ प्रस्थान गर्नुभयो भने बन्द सत्रमा अध्यक्षय केपी शर्मा ओलीको सम्बोधन पश्च्यात उपाध्यक्ष विष्णु पौडेल पनि अध्यक्ष संगै बाहिरिनुभएको थियो । बन्द सत्रको सम्बोधनको अन्त्यमा अध्यक्षले बन्द सत्रको समग्र नेतृत्व पार्टी केन्द्रीय सचिव, लुम्बिनी प्रदेशका इन्चार्ज एवम् बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष पदमा अर्याललाई सुम्पिनुभएको थियो ।

एमाले लुम्बिनी अधिवेशन : दिउसो १ बजेसम्म मतदान, सांझसम्म नतिजा | News  Butwal Today

उपाध्यक्ष र महासचिव दुवै नेताले कुनै माध्यमबाट अधिवेशन प्रतिनिधिहरूलाई नेतृत्व निर्माणको विषयमा आफ्ना व्यक्तिगत विचार सम्प्रेषण गर्नुभएको पाइएन । तसर्थ अधिवेशनको सन्दर्भमा नेताहरुको नाम जोडेर छुट्टाछुट्टै गुट खडा गरिएको भन्ने प्रचारबाजी पानीको फोका जस्तै स्वतः निस्तेज भएकोछ ।

यस अधिवेशनमा मूख्य नेतृत्व निर्माणको सन्दर्भमा २ वटा विकल्पहरू प्रतिनिधिहरु सामु थिए । प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल र पार्टी केन्द्रीय कमिटी सदस्य हरी रिजालले सुरु देखि नै अध्यक्ष पदमा आफूलाई प्रस्तुत गर्नुभएको थियो ।

तदनुसार नै बन्द सत्रमा वहाँहरू दुवै जनाले आ-आफ्नो उम्मेदवारी दर्ता गराउनु भयो । प्रचार प्रसारको क्रममा तथा विजयी र पराजयी भए पछि पनि अत्यन्तै सुसंस्कृत, सौहार्दपूर्ण र अनुकरणीय व्यवहार प्रदर्शन गर्नुभयो ।

सर्वसम्मतिको लागि पहल गर्न समय खर्चनु पर्दा समयमै निर्वाचन कार्यक्रम सुरु हुन नसके तापनि अन्ततः सचिव बाहेकका पदाधिकारी र केही जिलाका विभिन्न क्लस्टरका सदस्यका साथै १५ खुल्ला सदस्य गरी २०५ मध्ये ८३ सिटमा निर्वाचनका माध्यमबाट विधि सम्मत तवरले नेतृत्व चयन भयो । यसरी प्रतिनिधिको न्यायसंगत र प्रक्रियागत फैसलाबाट कमरेड राधाकृष्ण कँडेलको नेतृत्वमा आगामी ४ वर्ष अवधिको लागि नेकपा (एमाले) लुम्बिनी प्रदेशको नेतृत्व निर्माण गर्दै अधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भयो ।

यस अधिवेशनको पूर्व सन्ध्यामा अर्घाखाँची जिल्लाबाट नेतृत्व निर्माणको सन्दर्भमा कसरी सहभागिता जनाउने भन्ने बारेमा संस्थागत रुपमा कुनै पनि कमिटीमा छलफल र निर्णय भएको थिएन । न त जिल्ला अध्यक्ष र इन्चार्ज लगायत जिल्लाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने जिम्मेवार नेतृत्वबाट कुनै दिशा निर्देश नै भएको थियो । यसो त जिल्ला अध्यक्ष स्वयम् महासचिव संगै चीन भ्रमणमा हुनुहुन्थ्यो ।

यस्तो अवस्थामा सिङ्गो जिल्लाको पार्टी पंक्तिको बृहत एकताको रक्षार्थ अधिवेशनका जिम्मेवार प्रतिनिधिबीच एउटै विकल्प थियो, जिल्लाले प्राप्त गर्ने कोटामा छलफलको माध्यमबाट सर्वसम्मति कायम गर्ने र अध्यक्ष लगायतका पदाधिकारी र जिल्ला बाहिरका सदस्यहरुको हकमा स्वविवेकको आधारमा गोप्य मतदान गर्ने ।

एमाले लुम्बिनी अधिवेशन : ५ पदाधिकारीमा १५ जनाको उम्मेदवारी- लुम्बिनी -  कान्तिपुर समाचार

त्यसै अनुसार जिल्लाले प्राप्त गरेका ३ खुल्ला, ४ महिला, १ युवा, १ दलित, १ मुश्लिम र १ जनजाति गरी ११ जना सदस्य पदमा नेतृत्वको केही कमीकमजोरीका बावजूद जिम्मेवार प्रतिनिधिले बहुत सुझबुझ र मिहेनतका साथ अथक प्रयत्न गरी सर्वसम्मति कायम गरियो । साथै मुख्य नेतृत्वको सन्दर्भमा सामूहिक रुपमा छलफल र निर्णय नभएकोले जनवादको प्रयोग गर्ने सुन्दर अवस्था सिर्जना भयो ।

यसरी जनवादी केन्द्रीयताको सफल प्रयोग गरी अर्घाखाँची जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि कमरेडहरुले नेतृत्व निर्माणको सन्दर्भमा महत्वपूर्ण योगदान पुर्याउनु भयो ।

ad

यति हुँदाहुँदै पनि यस अधिवेशनबाट नेतृत्व चयनमा जनवादको प्रयोग गर्ने सन्दर्भमा कतिपय हरुको फरक बुझाई रहेको पाइएको छ ।अल्प ज्ञानको कारण आन्तरिक र बाह्य प्रतिस्पर्धामा भेद छुट्याउन नसक्दा आफूले चाहेको उम्मेदवारलाई मतदान नगर्नेलाई अन्तरघात गरेको, पार्टी अनुशासन उल्लंघन गरेको र अमूक नेताको आशय अनुसार मतदान नगरि धोकाघडि गरेको भन्ने जस्ता मनोगत र व्यक्तिवादी विचारहरू यदाकदा सार्वजनिक हुने गरेका छन् ।

यस्ता विचारहरू कतिपय छदम्भेसी पार्टी विरोधी तत्वहरूले बुझिन बुझि बुझ पचाएर पनि व्यक्त गरिरहेका छन् भने कतिपय इमान्दार, कर्तव्यनिष्ठ र जुझारु नेता-कार्यकर्ताहरुबाट पनि नेतृत्व निर्माण सम्बन्धी सैद्धान्तिक ज्ञानको कमीले पनि व्यक्त गरेको पाइएको छ ।

कम्युनिष्ट पार्टीमा नेतृत्व निर्माणका साथै अन्य प्रस्तावमा निर्णय गर्दा र पार्टीका निर्णय तथा नीति निर्देशनहरु कार्यान्वयन गर्दा लेनिनवादी संगठनात्मक सिद्धान्तको आधारमा निश्चित विधि अबलम्बन गरिन्छ, जसलाई जनवादी केन्द्रीयताको रुपमा चिनिन्छ ।


लेखक : श्रीकृष्ण भुसाल
नेकपा एमाले सन्धिखर्क नगर कमिटी अध्यक्ष

अन्य समाचारहरु