दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु, ८ जना घाइते

दैलेखमा चट्याङ लागेर १६ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा अन्य आठ जना घाइते भएका छन्।

महाबु गाउँपालिका–३ बासी घर भएका १६ वर्षीय किशोर दाहालको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।

Struck By Lightning: Health Effects and What It Does to the Bodyad

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार सोमबार साँझ स्थानीय महादेव मन्दिरमा तीजको नाचगान हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लो भन्ने ठाउँमा चट्याङ लाग्दा किशोरको मृत्यु भएको

‘किशोरसँगै रहेका अन्य आठ जना चट्याङले घाइते हुनु भएको छ,’ प्रहरी निरीक्षक विष्टले नेपालखबरसँग भने, ‘घाइतेमध्ये ५५ वर्षीय लालबहादुर विष्टको अवस्था गम्भीर छ। उहाँलाई उपचारको लागि गएराति नै सुर्खेत लगिएको छ।’

चट्याङबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो। घाइते ७ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

‘उहाँहरुलाई एउटै समूहमा हिँडिरहेको बेला चट्याङ लागेको हो,’ प्रहरी निरीक्षक  भने। – नेपाल खबर

ad