चीन र नेपालले एकअर्काको हितलाई समर्थन गर्नुपर्छ : राष्ट्रपति सी

Open photo

हाङझाओ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज बिहान अमेरिकाबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच हाङझाओमा भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताएको नेपालका लागि चीनियाँ दूतावासले जनाएको छ । प्रचण्डले विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

1
यस्तै, चिनियाँ राष्ट्रपति सी ले चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्व दिएको बताएका छन् । सीले नेपाल–चीन द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न तथा नेपालसँग विकास रणनीतिलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।

ad