चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Open photo

काठमाडौं । नेपालमा बुधबारदेखि चट्याङ र यसको रोकथामका सम्बन्धमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

ललितपुरमा मंगलबारदेखि सुरु भएको सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय बढीको सहभागिता रहेको छ ।

1

सम्मेलनमा बिभिन्न देशबाट आएका ४४ जनाले प्रस्तुत गर्ने कार्यपत्रमाथि छलफल हुने चट्याङविद् प्राडा श्रीराम शर्माले बताउनुभयो । सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशका विज्ञहरुको सहभागिता छ । ३ दिन सम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल हुने शर्माले बताउनुभयो ।

सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने बताइएको छ । सम्मेलनमा प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालका रहने छन् । नेपाल चट्याङको उच्च जोखिममा रहेको र अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिम मुलुकमा रहेको प्राडा शर्माले बताउनुभयो ।

नेपालमा मात्र बर्षमा एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेको साउथ एशियन लाइटिङ्ग नेटवर्कले जनाएको छ ।

ad