परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक : प्यालेस्टाइनी लडाकु समूहको भिषण आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते, आक्रमणमा नेपाली विद्यार्थी परेको प्रारम्भिक सूचना

Open photo

काठमाडौँ- प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् ।

भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ । उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धक बनाएको जानकारी दिएको हो ।

1

शनिबार बिहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ ।

111