इजरायलद्वारा हमासतर्फ हवाई आक्रमण जारी

Open photo

काठमाडौँ- हमासले इजरायलमाथि आक्रमण गरेर युद्ध सुरू गरेसँगै इजरायलले हमासतर्फ व्यापक हवाई आक्रमण जारी राखेको छ ।

गाजापट्टी लक्षित हवाई हमलामा हमासका अर्थमन्त्री सहित अन्य एक पोलिटब्युरो सदस्य मारिएको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका अर्थमन्त्री अबु शामाला मारिएको जानकारी गराउनुभएको हो ।

1

हमलामा प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का अन्य एकजना पोलिटब्युरो सदस्य पनि मारिएको बताइएको छ । हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ । इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र हमासको वरिष्ठ योजनाकारका रूपमा उल्लेख गरेको छ ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी इजरायलमा ९ सय बढीको मृत्यु भइसकेको छ भने ३ हजार बढी घाइते भएका छन् । यसैबीच प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ७ सय बढी पुगेको छ भने घाइते हुनेको सख्यया ४ हजार नाघेको छ ।

इजरायलले हमासले बन्धक बनाएकाहरुको तत्काल रिहा गर्न गरेको मागलाई अस्वीकार गरेको छ । हमासले युद्धकाबीच १ सय ५० जनाभन्दा बढीलाई बन्धक बनाएको जनाइएको छ । यसैबीच इजरायलको अश्केलेन शहरमा हमासका लडाकु छिरेको आशंकामा उच्च सतर्कता अपनाइएको छ ।

1

हमासका केही लडाकु अश्केलेन शहरमा प्रवेश गरेको आशंकामा इजरायलले सुरक्षा सतर्कता बढाएको हो । साथै उसले सिमावर्ती शहरका वासिन्दालाई घरभित्र सुरक्षित रुपमा बस्न आग्रह समेत गरेको छ ।

पछिल्लो समय लेबनानको हिजबुल्लाह लडाकु तथा सिरीयामा रहेका इजरायल विरोधी समुहले पनि सिमावर्ती क्षेत्रबाट इजरायली भूमिमा आक्रमण थालेका छन् ।

-बिबिसी

111