बझाङ केन्द्रबिन्दु भएर मध्यराति फेरि भूकम्प

Open photo

बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ।

बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

1

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गएिको छ। मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए।

सुदूरपश्चिम प्रदेशको बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्।

 

111Open photo