इजरायलबाट २५३ जना नेपाली लिएर निगमको जहाज फर्किदै

Open photo

काठमाडौं । इजरायलमा रहेका नेपाली लिन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान २५३ जना नेपाली लिएर आज फर्कदैछ ।

1

केहीबेर अघि इजरायलबाट नेपाल आउन २५३ जना नेपाली बिद्यार्थी विमान चढेका छन् । गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि १० जना नेपालीको मृत्यु भएको थियो । त्यसपछि अध्ययनका लागि इजरायल गएका बिद्यार्थी हमास र इष्जरायली सेनाको लडाइ जारी रहेकाले स्वदेश फर्किन लागेका हुन्

बिद्यार्थीरुलाई लिन बुधबार राति परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली इजरायल प्रस्थान गरेको थियो । सरकारले इजरायलमा समस्यामा परेका नेपालीहरूलाई जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय गरेको थियो । इजरायलबाट बिद्यार्थीहरु आज राति काठमाडौं आइपुग्नेछन् ।

 

111Open photo