इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय १७ पुग्यो

Open photo

काठमाडौं- इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या एक हजार ४१७ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।

1

मन्त्रालयका अनुसार गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएका छन्।

इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो।

इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको संख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ।

 

111Open photo