इजरायलमा मारिएका नेपालीहरुको शव ल्याउन समय लाग्ने – परराष्ट्र मन्त्रालय

Open photo

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव ल्याउन केही समय लाग्ने भएको छ ।

नेपाली सहित अन्य देशका मृतकको संख्या धेरै भएकाले इजरायली सरकारले आफ्नो कानूनी प्रक्रिया अनुरुप शव प्रदान गर्ने भएकाले शव ल्याउन समय लाग्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । डीएनए, फिगरप्रिन्ट र दाँतको पहिचान गरिने जनाइएको छ । युद्धमा मारिएका १३ सय शवको पहिचान हुन बाँकी रहेको इजरायल सरकारले जनाएको छ । यही असोज २० गते १० विद्रोही समूह हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

घटनामा चार जना नेपाली घाइते भएकोमा १ जना उपचारपछी नेपाल फर्केका छन् । यसैबीच इजरायलको किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली बिद्यार्थी बिपिन जोशीको अवस्था अझै अज्ञात छ । कन्चनपुर भीमदत्त नगरपालिकाकाका बिपिन जोशीले हमासले बंकरमा प्रहार गरेको ग्रिनेड बंकर बाहिर फाल्दा चारजान नेपालीको ज्यान बचेको थियो ।

1

ग्रिनेड फालेपछी हमास लडाकुले उनलाई साथमा लगेको उपचारका क्रममा रहेका नेपाली बिद्यार्थी हिमान्चल कट्टेलले जनाएका छन् । उनले अस्पतालबाटै भिडियो सन्देश जारी गर्दै आफना सहकर्मी जोशीलाई हमासका लडाकुले लगेको दाबी गरेका छन् ।

111Open photo