अमेरिका: अन्धाधुन्ध गोलीचल्दा कम्तीमा १६ जनाको मृत्यु

Open photo

अमेरिकाको मेइन राज्यको लेविङस्टनमा स्थानीय समय अनुसार बुधबार साँझ एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । बार र त्यससँगै जोडिएको वालमार्टमा गोली चलेको प्रहरीको भनाई छ ।

1

प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ । घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।
1

एन्ड्रोस्कोगिन काउन्टी प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिको तस्बिर फेसबुकमा राखेको एबिसी न्यूजले जनाएको छ ।

प्रहरीले गोली चलाउने व्यक्ति अझै सक्रिय रहेको भन्दै मानिसहरुलाई सुरक्षित रहन अपिल गरेको छ ।

घटनाको पूर्ण विवरण आइसकेको छैन ।

111Open photo