इजरायल–हमास युद्ध : शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते

Open photo

काठमाडौँ । इजरायल र हमासबीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । घाइते नेपाली सैनिकको नाम र ठेगाना खुलाइएको छैन ।

इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् । संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एक नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् ।

1

लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ । हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

111Open photo