राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा विश्वका युद्धरत मुलुकलाई शान्तिको बाटो अवलम्बन गर्न आह्वान

Open photo

लुम्बिनी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वका युद्धरत विभिन्न मुलुकहरुलाई शान्तिको बाटो अवलम्बन गर्न आह्वान गर्नुभएको छ ।

शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँले युद्धरत् मुलुकहरुलाई शान्तिको मार्ग अपनाउन आग्रह गर्नुभयो । उहाँले लुम्बिनीको मायादेवी मन्दिरबाट विश्वलाई शान्तिका लाग आह्वान गर्न पाउँदा आफूलाई खुशी लागेको समेत बताउनुभयो ।

1

बुद्ध जन्मस्थल लुम्बिनी वौद्ध धर्मावलम्बीको तीर्थस्थल मात्रै नभई शान्ति र सद्भावको केन्द्र पनि भएको उहाँको भनाइ थियो । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गर्नुभएको थियो ।

1

यस्त, प्रधानमन्त्री दाहालले लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मात्रै नभएर शान्ति र सद्भावको केन्द्रसमेत रहेको बताउनुभयो । गुटेरेसको लुम्बिनी भ्रमणले विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह भएको उहाँको भनाइ थियो ।

 

111Open photo