भारतमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका पाँचजना नेपालीको मृत्यु

Open photo

सुर्खेत- सवारी दुर्घटनामा परी एकै परिवारका पाँच जनाको ज्यान गएको छ । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको हो ।

India: Over 4 lakh road accidents reported in 20221

बिरामी भेटेर फर्किने क्रममा उनीहरूको दुर्घटनामा परी ज्यान गएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए । मृतक पाँचैजना चौकुने गाउँपालिका वडा नम्बर ७ का बासिन्दा रहेको वडाध्यक्ष धमलाले बताए ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् । घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट्र राज्यको बीच भागमा पर्दछ ।

1

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धमलाले जानकारी दिए ।

धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू स-परिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ । मृतकको पोष्टमार्टम भइसकेको र दाहसंस्कार पनि भारतमै हुने धमलाले बताए । यसैबीच घटनाको दोषीलाई कारबाहीको माग गर्दै वडा कार्यालयले विज्ञप्ति जारी गरेको छ । इकागजले उल्लेख गरेको छ।