बाघको आक्रमणबाट महिलाको मृत्यु

Open photo

बुटवल- बर्दियामा बाघले फेरि मान्छे मारेको छ । बाघको आक्रमणबाट महिलाको मृत्यु भएको हो । मधुवन नगरपालिका–५ शक्तिपुरकी २८ वर्षीया सिर्जना भन्ने गायत्री डाँगीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।

1

चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बाघले आक्रमण गरेको एसपी सुधिरराज शाहीले बताए । सामुदायिक वनमा बाख्रा चराउन गएकी महिला बेपत्ता भएको खबर आएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

1

दिउँसो साढे ३ बजे महिलाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । पोस्टमार्टमका लागि शव बर्दिया अस्पतालमा लगिएको एसपी शाहीले जानकारी दिए ।

 

111Open photo