जाजरकोट केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प, काठमाडौंसम्म कम्पन

Open photo

काठमाडौं । पश्चिम नेपालमा केन्द्र बनाएर ठूलो भूकम्प गएको छ । कर्णालीको जाजरकोट केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प गएको हो ।

1

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र बनाएर भूकम्प गएको छ ।

भूकम्पले पश्चिम नेपाल, काठमाडौं उपत्यका र भारतका कतिपय स्थानमा समेत कम्पन पैदा गरेको थियो ।

भूकम्पको धक्का काठमाडौंसहित देशको अधिकांश स्थानमा महशुस भएको छ । भूकम्पले कहाँ कति क्षति भयो भन्ने विवरण भने प्राप्त हुन बाँकी रहेको छ ।

111Open photo