जाजरकोट भूकम्प: नेपाललाई सबै सम्भव सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पपछि नेपाललाई सबै सम्भव सहयोग गर्न तयार रहेको बताएका छन्। एक्स (ट्वीटर)मा मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका हुन्।

1

उनले भारत नेपाली जनतासँग उभिएको भन्दै सबै सम्भवन सहयोग गर्न तयार रहेको बताएका छन्। उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। हालसम्म भूकम्पमा परी १२८ जनाको मृत्यु भइसकेको छ भने १०० भन्दा बढी घाइते भएका छन्।

 

111Open photo