तिहारमा पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने (तस्बिर सहित)

-टेकराज भुसाल ।

बुटवल । हिन्दुहरुकाे दोस्रो महान चाड दिपावली (तिहार)को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) गरिने भएको छ।

No description available.

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको माैलिकता झल्किने साँस्कृतिक भैली नाच संचालन गर्न लागेको हो।

 

समाजको आइतबार बुटवलमा बसेकाे विस्तारित बैठकले पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देही जिल्लाका विभिन्न क्षेत्र खासगरी बुटवल आसपासका क्षेत्रमा संचालन गर्ने निर्णय गरेको हो।

No description available.1

बैठकले भैली नाच संचालन गर्नका निम्तिका विभिन्न उपसमितिहरु निर्माण गरि तयारी समेत सुरु गरेको समाजका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभएको छ।

No description available.

images

 

111Open photo

images