दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक भएपछि कृत्रिम वर्षा गराउने तयारी

Open photo

भारतको नयाँ दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक भएपछि त्यहाँ कृत्रिम वर्षा गराउने तयारी गरिएको छ । गत साता सामान्य वर्षापछि प्रदूषण केही नियन्त्रणमा आए पनि दिवालीमा पड्काइएका पटाकाका कारण अचानक प्रदूषण बढेको हो ।

यो वर्ष मात्रै प्रदूषणका कारण दिल्लीको अर्थतन्त्र ३ अर्ब ७० करोड अमेरिकी डलरबराबरको क्षति भइसकेको बताइएको छ । प्रदूषणका कारण दिल्लीका विद्यालय छन् । सकेसम्म घरबाहिर ननिस्कन सरकारले आह्वान गरेको छ ।

प्रदूषण बढेपछि दिल्ली सरकारले इन्डियन इन्स्टच्युट अफ टेक्नोलोजी (आइआइटी कानपुर)सँगको सहकार्यमा कृत्रिम वर्षा गराउने तयारी गरेको छ । दिल्लीमा २१ नोभेम्बरका दिन कृत्रिम वर्षा गराउने तयारी गरिएको हो ।

1

आइआइटीले गत जुलाईमा कृत्रिम वर्षा गराउने सफल परीक्षण गरेको थियो । सरकार र विश्वविद्यालयबीच कृत्रिम वर्षाका लागि समझदारी भए पनि सर्वोच्च अदालतको अनुमति आउन भने बाँकी छ ।

हिउँदमा लाग्ने बादलमा पर्याप्त मात्रामा पानी नहुने हुनाले कृत्रिम वर्षा गराउन पनि कठिन हुने वैज्ञानिकहरूको भनाइ छ । हिउँदमा पानी पार्न सक्ने कुनै प्रमाण भेट्न नसकिएको भन्दै विश्लेषकहरूले यो प्रभावकारी हुनेमा शंका व्यक्त गरेका छन् ।

111