‘भीआईपी’ जुवाडे : ललितपुरबाट पक्राउ परे लगत्तै छुटेका ‘भीआईपी’ जुवाडे भाइटीका लगाएपछि फर्किए हिरासत

Open photo

ललितपुर –  भाइटीकाको अघिल्लो दिन ललितपुरबाट पक्राउ परेका भीआईपी जुवाडेहरु भाइटीका लगाएपछि पुनः प्रहरी हिरासत पुगेका छन्।जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले भाइटीकाको अघिल्लो दिन नेपाली सेनाका पूर्व दुई तारे जर्नेल (उपरथी) होम लावतीसहित ८ जना भीआईजी जुवाडेलाई पक्राउ गरेको थियो।  त्यतिबेला पूर्वउपरथी लावतीसहित रेमकुमार लिम्बू, सञ्जिव महर्जन, देवराज लिम्बू, प्रकाश काफ्ले, अस्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोश लिम्बू पक्राउ परेका थिए।

All you need to know about the 13 card rummy- In Brief | 'Monomousumi'1

भाइटीकाको अघिल्लो दिन पक्राउ परेकाहरु छुटेका थिए। उनीहरुलाई प्रहरीले भाइटीका लगाएपछि पुनः प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडेको थियो।

भाइटीका लगाएपछि पुनः प्रहरी कार्यालयमा उपस्थित हुने सर्तमा छुटेका उनीहरु हिजो बिहीबार आफैं प्रहरी कार्यालय पुगेका थिए। उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

उनीहरुलाई आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर १५ स्थित क्लासिक टावरको ‘ए’ ब्लकको छैटौं तल्लाबाट उनीहरुलाई पक्राउ गरिएको थियो। उनीहरुबाट प्रहरीले १६ लाख ८२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको थियो।

 

111