विश्व शौचालय दिवस : साढे तीन अर्ब मानिस सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

Open photo

काठमाडौं । आज विश्व शौचालय दिवस । परिवर्तनको गति बढाउँदै भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको छ ।

मानिसको दिसा–पिसाबबाट उत्पन्न जीवाणुले रोग फैलाउने हुनाले यसबाट मानव समुदायलाई बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानीको विकास गर्न यो दिवस मनाउन सुरु गरिएको हो ।

राष्ट्रसंघले सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ ।

दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी तथा सरसफाइको विषय भएपनि सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पु¥याउने कामको गति भने सुस्त रहेको छ । यसर्थ पनि राष्ट्रसंघले यस वर्षको नारा परिवर्तनको गति बढाउँदै भन्ने राखेको हो ।

1

विश्वका साढे तीन अर्ब व्यक्ति अझै पनि सुरक्षित शौचालयको सुविधाबाट वञ्चित रहेको राष्ट्रसंघले जनाएको छ । त्यसमध्ये ४१ करोड ९० लाख व्यक्ति अझै पनि खुलास्थानमा दिसा–पिसाब गर्दछन् ।

खुला दिसा–पिसाबका कारण फैलिने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसले मानिसको स्वास्थ्यमा जेखिम बढाउनुका साथै प्रकृतिमा पनि नकारात्मक असर पारेको छ ।

1

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी रहेको र यो लक्ष्य हासिल गर्न अहिले भइरहेको कामको गतिलाई पाँच गुना बढाउनुपर्ने स्मार्ट वास सोलुसन्स नेपालका अध्यक्ष इ. रामदीप साहले बताउनुभयो ।

नेपालमा विसं २०७६ असोज १९ गते खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको हो ।

 

111