जनकपुरबाट शैक्षिक भ्रमणमा गएको बस इलाममा दुर्घटना, ३६ जना घाइते

Open photo

इलाम जिल्लाको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

जनकपुरबाट शौक्षिक भ्रमण गरी फर्किने क्रममा कन्यामबाट झापातर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा सवार ३७ जनामध्ये ३६ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी ३६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ।

1

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको तथा १०/१२ वर्ष जस्तो देखिने बालक रुखमा अड्किएको अवस्थामा रहेकोमा उनलाई समेत प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ। – एनपी

111