श्रोत साधनहरुको उपयोग गर्न नसक्दा : बहुउपयोगी “चिउरी पकेट नारामा सिमित” ,स्थानिय सरकार निकम्मा , संरक्षण उत्पादन र उपयोगमा छैन कुनै भिजन (तस्बिर सहित)

Open photo

-दीपेन्द्र पौडेल , अर्घाखाची ।

अर्घाखाँची – चिउरीको जिल्ला भनेर चिनिएको अर्घाखाँची चिउरीबाट लिन सकिने फाइदा भने लिन सकेको देखिदैन। स्थानीय कृषकहरुले फाट्टफुट्ट चिउरीको घ्यू निकाल्ने गरेतापनी प्रविधिमा सुधार संरक्षण हुन नसक्दा चिउरीका कैयन बिजुलाहरु खेर गइरहेका छन्।

No description available.1

चिउरीको उत्पादन प्रशोधनमा आधुनिकीकरण र संरक्षण तर्फ स्थानीय सरकार उदासीन देखिन्छ ।अर्घाखाँचीका विभिन्न ठाउँहरुमा प्रयाप्तमात्रामा पाइने चिउरीका रुखहरुबाट प्रयाप्त मात्रामा बनस्पति घ्यू निकाल्न सकिन्छ ।

No description available.1

चिउरीका विभिन्न फाइदाहरु छ्न। माहुरी पालन ,टपरी बनाउनका लागी पनि चिउरी निकै महत्त्वपूर्ण बोटकारुपमा लिइन्छ।

अर्घाखाँची जिल्ला भरी चिउरीको रुखहरु पाइने भएतापनी सितगंगा नगरपालिकाका केही वडा र भुमिकास्थान नगरपालिका ७,८,९ ,१० वडालाई चिउरिको पकेट एरियाका रूपमा लिन सकिन्छ ।

No description available.1

images

स्थानीय सरकारले इमानदारीपूर्वक काम गरि किसानलाई स्वरोजगार बनाउन सके आर्थिक स्तरमा सुधार ल्याउन सक्छ। तर यस् तर्फ सम्बन्धित निकायले चासो दिएको देखिदैन । प्रबल संभावना हुँदाहुँदै पनि स्थानीय श्रोत साधनहरुको उपयोग गर्न नसक्दा चिउरीको घ्यू उत्पादन ओझेलमा परेका देखिन्छ ।

No description available.

images

यस्ता प्राकृतिक श्रोतले दिएका उपहारलाई संरक्षण प्रबर्द्धन बजारीकरण आधुनिकीकरण गर्न सके कैयौं कृषकहरु लाभान्वित हुने थिए ।

थप तस्बिर – दिपेन्द्र पौडेल , अर्घाखाची डट्कम।

images

No description available.

No description available.

111