हमासले छाड्यो थप १७ बन्धक, सट्टामा छुटे ३९ प्यालेस्टिनी, विपिन छुटेनन

Open photo

हमासले थप १७ जना बन्धकलाई रिहा गरेको छ। जसमध्ये १३ जना इजरायली र चार जना थाई नागरिक छन्।  यसको सट्टामा इजरायलले पनि आफ्ना जेलमा रहेका ३९ जना प्यालेस्टिनीलाई छाडेको छ।

1

जसमध्ये ६ जना महिला छन् भने बाँकी सबै १८ वर्ष मुनिका छन्। बीबीसीका अनुसार उनीहरू वेस्ट बैंक र जेरुसेलम पुगेका छन्।

टीभीले उनीहरूलाई वेस्ट बैंकको बेतुनिया सहरतर्फ बसमा लगिएको देखाएका छन्। यी मानिस उत्सव मनाउँदै बसबाट ओर्लिरहेको देखिएको छ।

1

कतारको मध्यस्थतामा स्थानीय समयानुसार शुक्रबार बिहानदेखि चार दिनका लागि हमास र इजरायलबीच युद्धविराम भएको छ। यस अवधिमा दुवै पक्षले एकअर्काको नियन्त्रणमा रहेका नागरिक रिहा गर्ने सहमति छ। सोबमोजिम उनीहरू रिहा भइरहेका हुन्।

यसैबीच हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ। यसका लागि सरकारले निरन्तर प्रयास गरिरहेको जनाएको छ। तर अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन।

 

111Open photo