नोबेल शान्ति पुरस्कार विजेता हेनरीको १०० वर्षको उमेरमा निधन

Open photo

काठमाडौं : अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ। कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार उनको निधन भएको किसिन्जर एसोसिएट्सले विज्ञप्तीमार्फत् जनाएको छ।

1

उनको निधनको कारणबारे भने जानकारी दिइएको छैन। विश्वविख्यात कूटनीतिज्ञका रुपमा परिचित उनले तत्कालीन अमेरिकी राष्ट्रपतिहरु रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।

भियतनाम युद्ध रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै स्विडिस एकेडेमीले उनी र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरेको थियो। सन् १९२३ मा उनको जर्मनीमा जन्म भएको थियो। सन् १९३८ मा नाजी जर्मनीबाट भागेर उनको परिवार यहुदी आप्रवासीका रुपमा अमेरिका पुगेको थियो।

सन् १९४३ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि उनी अमेरिकी सेनामा भर्ती भएका थिए।

तीन वर्ष सेनामा काम गरेपछि उनी गुप्तचर निकायमा प्रवेश गरेका थिए। उनले स्नातक, स्नातकोत्तर, विद्यावारिधी गरेपछि हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्यापन गराएका थिए। कूटनीतिसम्बन्धी थुप्रै किताब लेखेका उनको सन् २०२२ अप्रिलमा पछिल्लो पुस्तक ‘लिडरसिप, सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी’ प्रकाशित भएको थियो।

1

गत जुलाईमा मात्रै उनले बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए।

 

111Open photo