फेरि युद्ध सुरु : सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच युद्ध सुरु , १७८ प्यालेस्टाइनीको मृत्यु

Open photo

 सात दिनको युद्धविरामपछि इजरायल र हमासबीच फेरि युद्ध सुरु भएको छ । इजरायली सेनाको बमबारीका कारण गाजामा हालसम्म १७८ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । दुवै पक्षले एकअर्कालाई फेरि युद्ध सुरु गरेको आरोप लगाएका छन् ।

1

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाभन्दा कम अवधिमा १७८ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ५८९ जना घाइते भएका छन् ।

इजरायलले शुक्रबार गाजामा द्रुत हवाई हमला गरेको थियो। इजरायली सेनाले दक्षिणी गाजाका केही क्षेत्र खाली गर्न चेतावनी दिएको छ ।

यसका लागि इजरायलले आकाशबाटै पर्चाहरू खसालेको छ । इजरायलले युद्धविरामपछि पनि युद्ध जारी रहने बताएको थियो ।

इजरायल र हमासबीच २४ नोभेम्बरदेखि चार दिनका लागि युद्धविराम भएको थियो । त्यसपछि थप तीन दिन थपिएको थियो।

यस अवधिमा हमासले इजरायली बन्धकहरूलाई पनि रिहा गरेको थियो र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको थियो। यस युद्धविरामको क्रममा हमासले ७० भन्दा बढी बन्धकहरूलाई रिहा गरेको थियो। यसमा महिला, बालबालिका र विदेशी नागरिक पनि पर्छन् ।

1

अर्कोतर्फ, इजरायलले पनि बन्धकहरूलाई रिहा गर्ने बदलामा १६० भन्दा बढी कैदीहरूलाई रिहा गरेको थियो। युद्धविरामको अन्तिम दिन बुधबार हमासले १६ जना बन्धकलाई रिहा गरेको थियो ।- बिबिसी

 

111Open photo