‘नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको छ, अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्छ’

Open photo

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

1

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई शनिबार यूएईमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् ।

जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता समस्याहरू नेपालका जनताहरूले भोग्नुपरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले भोग्नुपरेको असरका लागि आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको धारणा राखे ।

1

पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको र यसले हिमालमा ठूलो असर पर्ने र सङ्कट देखा परेको उनले बताए । सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए ।

मङ्सिर १४ गतेदेखि सुरु भएको कोप-२८ सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ ।

111Open photo