बढ्दै लागूऔषध कारोबारमा महिलाको संख्या

Open photo

काठमाडौं । लागू औषध कारोबारमा महिला बढी प्रयोग हुने गरेको निष्कर्ष नेपाल प्रहरीको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार लागूऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको देखिएको हो ।

लागूपदार्थ दुर्व्यसन र कारोवारमा महिलाको संख्या बढ्दो – Yug Aahwan Daily

1

लागुऔषध कारोबार र प्रयोगमा महिला फस्नुमा पारिवारिक, आर्थिक र सामाजिक कारण रहेको तथा उनीहरु छिटो प्रलोभनमा फस्ने भएकाले पनि लागुऔषध ओसार पसार तथा कारोबारमा बढी प्रयोग गरेको पाइएको लागुऔषध नियन्त्रण ब्युरोको ठहर रहेको छ । ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाका अनुसार घर परिवारबाट दिइने सँस्कारको अभाव, आर्थिक समस्या तथा संगतले महिला लागूपदार्थको धन्दामा फस्ने क्रम बढको हो ।

1

लागू औषध नियन्त्रण ब्युरोले उपलब्ध गराएको ५ वर्षीय तथ्यांक अनुसार २०७६ सालमा लागूपदार्थ प्रयोगकर्ताको संख्या १ लाख ३० हजार रहेको र यसमा महिलाको संख्या ८ हजार ७ सय तथा पुरुषको सख्या एक लाख २१ हजार रहेको छ । लागुऔषध बेचबिखन तथा सेवन नियन्त्रणका लागि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले कलेज र विद्यालयमा गएर चेतनामुलक कार्यक्रमहरुलाई समेटेर कार्ययोजना बनाएको पनि थपलिया बताउनु हुन्छ ।

लागुऔषध दुव्र्यसनीलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो भएकाले दुव्र्यसनी महिलाहरू बाहिर एक्सपोज हुन नचाहँदा पनि उनीहरूको तथ्यांक कम देखिएको हुनसक्ने प्रहरीको आँकलन छ । युवा युवतीलाई यस्तो कुलतमा फस्नबाट जोगाउन सरकारले युवा वर्ग लक्षित कार्यक्रम ल्याउनु जरुरी छ ।इमेजले उल्लेख गरेको छ ।

111Open photo