काठमाडौँ– बढ्दो मूल्यलाई ख्याल गर्दै भारतले प्याज निर्यातमा रोक लगाएको छ। भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ।

केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो।


विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।








