
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल १ थान र गोली १९ राउन्डसहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार प्रक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार (आज) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।








