भारत: उत्तर प्रदेशमा गुडिरहेको कारमा आगलागी हुँदा ८ जनाको मृत्यु

Open photo

काठमाडौं । भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा एक बालक पनि छन्। बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो।

1

बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो।

1
गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिस बाहिर निस्कन पाएनन्।

सामाजिक सञ्जालमा देखिएको फुटेजमा कार आगोले लपेटिएको देखिन्छ भने ट्रकअगाडि उभिएको देखिन्छ।

111Open photo