विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई नेपालको आग्रह

Open photo

काठमाडौँ । इजरायल आक्रमणका क्रममा हमासको नियन्त्रणमा पुगेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार समक्ष नेपालले औपचारिक आग्रह गरेको छ ।

1

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन् । कतारको दोहामा भएको भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयमा विशेष छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

1

कतारका प्रधानमन्त्रीले विपिनको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी गराएका थिए । विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन् । हमासकै आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

 

111Open photo