लागुऔषध कारोबारी पक्राउ गर्न ललितपुरमा प्रहरीले गोली चलायो

Open photo

काठमाडौँ । ललितपुरको झम्सीखेलमा लागुऔषध काराबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

1

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो।

महाशाखाको टोलीले गोली प्रहार गरेर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।
1

उदयपुरका अविनास राई पक्राउ परेका छन्। उनको साथबाट प्रहरीले पेस्तोल पनि बरामद गरेको छ। उनको साथबाट प्रहरीले लागुऔषध आइस बरामद गरेको महाशाखाका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

111Open photo