मिन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निस्कर्ष

काठमाडौं दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १३८ किलो सुन नेपाल भित्र्याएको खुलेको छ ।

मंसिर २१ गते बिहीवार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो ।

Gold price up almost to 14% in one year - VisionQ Blog1

विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नहरुविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताउनु भयो । मंसिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मिनबहादुर घलेबाट शुरु भएको अनुसन्धान हालसम्म ९ जना पक्राउ परेका छन् ।

उनीहरु सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने पनि प्रमुख पाण्डेले बताउनु भयो । उहाँले मंसिर २१ गते बिहीवार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट भन्सार टोलीले १४ केजी सुन बरामदपछि सुनको छानबिन गर्नका लागि प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा बनेको किमिटीले विमानस्थलमा समस्या, गर्नुपर्ने सुधारका विषयहरु औंल्याएको बताउनु भयो ।

1

प्रमुख पाण्डेले केही सम्भाव्य अभियुक्तहरुको नामसमेत प्रतिवेदनले समेटेको बताउनु भयो । उहाँले संलग्न भएकाहरुलाई भन्सार ऐनले दिएको समयावधि (२५ दिन) भित्र मुद्दा दर्ता गर्ने बताउनु भयो । फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ः४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गोरखाका मिनबहादुर घले, गोरखाकै चन्द्र घले, स्याङ्जाका कृष्णकुमार श्रेष्ठ, काठमाडौं ८ का शेरबहादुर बस्नेत, नुवाकोटका लेकबहादुर तामाङ, काठमाडौं ८ का राधाकृष्ण श्रेष्ठ, काठमाडौंकै रमेश देउला, धादिङका अनिल श्रेष्ठ र लमजुङकी विना गुरुङ रहेका छन् ।

images

समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ ।

1

images

समितिले अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङ्कङ, थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।

 

images

111Open photo