क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन् । हरेक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर २५ तारिखका दिन क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झना गर्दै विश्वभरीका क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउने गर्दछन् ।

History of Christmas Trees - Symbolism, Traditions & Trivia | HISTORY

आजभन्दा दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा मरियमको कोखबाट येशु ख्रीष्ट (जिसस क्राइस्ट)को जन्म भएको थियो । येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास गर्दै क्रिश्चियन समुदायले शुभकामना तथा उपहार आदानप्रदान गरि यो पर्व मनाउने गर्दछन् ।

18 Merry Christmas wishes, quotes, messages for your loved ones - THE NEW  INDIAN

येशुले मानव जातिका लागि योगदान पुर्‍याएको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । आजको दिनलाई ‘ख्रिष्टमस’ पनि भन्ने गरिन्छ । क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

111Open photo