घाँस काट्न गएका सासुबुहारीको बाघको आक्रमणबाट मृत्यु

नवलपरासी । जंगली जनावरले आक्रमण गर्दा नवलपुरमा दुई महिलाको मृत्यु भएको छ । आक्रमणबाट विनयीत्रिवेणी गाउँपालिका–१ का सासूबुहारीको मृत्यु भएको हो ।

1

आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Tiger - Wikipedia1

आइतबार दिउँसो उनीहरु जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएपछि खोजी गर्दा
आइतबार राति उनीहरुको शव फेला परेको हो ।

1

घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने स्थानीयले बाघको आक्रमणबाट उनीहरुको मृत्यु भएको बताएका छन्।

111Open photo