पोखराबाट पाल्पा जाँदै गरेको जिप भिमादमा दुर्घटना, दुई जनाको मृत्यु

ठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान पोखराबाट पाल्पा जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

1

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १०–१२ जना यात्रु सवार रहेका बताईएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको थप विवरण आउन बाकी छ ।

 

11