दाङमा बस दुर्घटना, १२ जनामध्ये ८ जनाको सनाखत

काठमाडौं । दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खसेर मृत्यु भएका १२ जनामध्ये ८ जनाको सनाखत भएको छ ।

May be an image of harp and lighting

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको र २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय भालुभाङले जनाएको छ ।

May be an image of lighting1

मृतक १२ जनामध्ये २ भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक चार जनाको सनाखत हुन सकेको छैन ।

मृत्यु हुने नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडाका ३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन रेहेका छन् । त्यसैगरी रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षिय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका १ वर्षीय मुनेको सनाखत भएको प्रहरीले जनाएको छ ।

 

111