युवा विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउन दिँदैनौँ : गृहमन्त्री श्रेष्‍ठ

spot_img

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छाड्ने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठ भन्छन्- सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई कारबाही  गर्नैपर्छ - नेपाल समय :: Nepal Samaya - Online News Portal1

उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

1

उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए। उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहेको बताए। सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको उनको भनाइ छ ।

श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए ।उनले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे। उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको बताए।

1

‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौँ। त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ। तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन। हामीले अर्थतन्त्रको गतिलाई तीब्र पार्नैपर्छ। र विकासको फड्कोमा जानैपर्छ। एउटा कुरामा हाम्रो कमी भएको छ,’ उनले भने,’ यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ। यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरि छोड्छौँ। यो संकल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ। नयाँ ढंगले काम गर्नुपर्छ। त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ।’

उपप्रधानमन्त्री श्रेष्ठले उर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताए। उनले नेपालको आर्थिक विकास र सम्बृद्धिको यात्रा तीव्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए। उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए।

111