अयोध्यामा रामको मूर्तिको प्राण प्रतिष्ठा

spot_img

काठमाडौं । भगवान रामको जन्मभूमि अयोध्यास्थित नवनिर्मित राममन्दीरमा सोमबार प्राण प्रतिष्ठा गरिएको छ ।

भारतीय समय अनुसार १२ बजेर २० मिनेटको शुभ साइतमा प्राणप्रतिष्ठा गरिएको हो ।

1

भारत सरकारले प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रसारण गरेको थियो । हजारौ पाहुना र लाखौं भक्तजनहरु प्राण प्रतिष्ठा अवलोकनका लागि अयोध्या पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय पुजारीहरु सहित १५ जनाको उपस्थितिमा बिधी अनुसार प्राणप्रतिष्ठा गरिएको हो ।

यो प्राण प्रतिष्ठाको विश्वभर चासोका साथ हेरिएको थियो । भारतका जनता र बिश्वरका हिन्दु धर्मावलम्बीहरुले आजको प्राण प्रतिष्ठालाई ऐतिहासिक दिनकारुपमा लिएका छन् । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले गरेको प्राण प्रतिष्ठामा भारतभित्रका ठूलो संख्यामा धर्मगुरू, सन्त-महन्थहरुको उपस्थिति रहेको थियो ।

1

राम मन्दिर भव्यरुपमा सजीसजाउ गरिएको थियो । अप्रीय घटना हुन नदिन र भीड नियन्त्रणका लागि हजारौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

महोत्सवको अवसरका देश बिदेशमा रहेका हिन्दु धर्माबलम्बीहरुले हर्षौल्लासका साथ भगवान रामको नाममा र्यालीको आयोजना गरेका छन् । अमेरिकाको न्युयोर्कमा खुशियाली मनाउँदै लड्डु बाँडेका छन् भने मेक्सिकोमा भारतबाट लगिएको राम र सीताको मुर्ती सहितको राममन्दिर निर्माण गरिएको छ ।

111