कोशीमा गठबन्धनका सिटौला विजयी

spot_img

काठमाडौं  कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

सिटौलाले ५२९२ मतभार पाएका छन् भने राप्रपाका उद्धव पाैडेलले ४५६२ मतभार पाएका छन् ।

उम्मेदवारी फिर्ता लिएका एमालेका पर्शुराम अधिकारीकाे पक्षमा १४८ मतभार खसेकाे थियाे ।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत ल्याएका थिए । भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे ।

स्थानीय तहतर्फ ४ मत बदर भएको छ । प्रदेशको १ भोट बदर भएको थियो ।

महिलातर्फ भने माओवादी उम्मेदवार चम्पा कार्कीमाथि अन्तर्घात भएपछि एमालेकी रुक्मिणी कोइराला विजयी बनेकी छिन ।