राहुल महरालाई थुनामुक्त गर्न अदालतद्वारा अस्वीकार

spot_img

काठमाडौं । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका राहुल महराको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको छ ।

भन्सार चोरी पैठारी र सङ्गठित अपराधको कसुरमा थुनामा रहेका महरालाई उच्च अदालतले समेत थुनामुक्त गर्न अस्वीकार गरेको हो । आज (बिहीबार) उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको इजलासले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

काठमाडौँ जिल्ला अदालतले पाँच लाख धरौटी माग गर्ने आदेश गरेको लोकेन्द्रकुमार पौडेलको आदेश पनि उच्च अदालतले सदर गरेको छ ।

६० किलो सुन तस्करी प्रकरणका प्रमुख पात्र दावा छिरिङलगायतका व्यक्तिसँग कनेक्सन देखिएको र सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका पुत्र राहुल महराविरुद्ध सीआइबीको प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो ।