अर्घाखाँचीमा तेस्रो शीतगंगा महोत्सव सुरु,लुम्बिनीका मन्त्री थापाद्वारा उद्घाटन (तस्बिर सहित)

spot_img

-सागर महत ,अर्घाखाँची ।

शितगंगा – अर्घाखाँचीको शितगंगा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले आजदेखी तेस्रो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरुभएको छ ।महोत्सवको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले उद्घाटन गर्नुभएको छ ।

No description available.

शितगंगा २को गैरी खेतमा भएको उदघाटन कार्यक्रममा बोल्दै उनले लुम्बिनी प्रदेश सरकाले २लाख लाई रोजगारी दिने उदेश्यका साथ अगाडि बढेको बताउनु भयो।

उद्योग क्षेत्रमा लगानी गर्नेले त्यसको उदेश्य तथा त्यसबाट कतिले रोजगार प्राप्त गर्न सक्छन् भनेर योजनाका साथ अघि बढेमा र उत्पादन मुलक क्षेत्रमा लगानी गर्नेलाई समेत सहयोग गरेर अगाडि बढी रोजगारी मुलक कार्यक्रम अगाडि सारेको मन्त्री थापाले बताउनुभयो ।

No description available.

यस्तै प्रदेश सरकार पढ्दै कमाउदै कार्यक्रम संचालन गरेकाले इच्छुकले त्यसमा सहभागी हुन समेत अनुरोध गरे।भौगोलिक हिसाबले देशको सबै भन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिका जिल्लाका अन्य पालिका भन्दा कम विकास भएकाले यसलाई आफनो मन्त्रालय बाट हुने सहयोग गर्ने मन्त्री थापाले प्रतिबद्धता जनाउनुभयो ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जमशेर मियाँले उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण अहिलेको अवस्थामा नभएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

No description available.

शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल,उपप्रमुख गिता भाट,प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले पालिकाको समस्या बारेमा मन्त्री थापालाई गुनासो राख्नुभएको हो । साथै पालिकाले स्थानीय उत्पादन जोड दिने र बढ्दो विदेशीनी क्रमलाई रोक्नको लागि विभिन्न योजना अगाडि बढाएर अगाडी बढ्ने समेत बताउनुभएको हो । महोत्सवले स्थानीय उत्पादनको बढावा दिने र आन्तरिक पर्यटक समेत बढ्ने बताएको थियो ।

No description available.

ब्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित बस्तुहरुको प्रर्बद्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए।माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र दुई करोड भन्दा बढीको कारोवार हुने अपेक्षा रहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

थप तस्बिर:

No description available.No description available.No description available.