बाँदर नियन्त्रणको उपाय खोज्न भारतको हिमाचल जाँदै सांसदहरूको जम्बो टोली

spot_img

काठमाडौँ । देशभर बाँदरले दु:ख दिएका समाचार आइरहेका बेला नियन्त्रणको उपाय खोज्न सांसदहरूको जम्बो टोली नै भारत जाने भएको छ। पशु चिकित्सकसहित सांसदहरुको १९ जना सांसदसहितको जम्बो टोली भारतको हिमाञ्चल राज्यमा जाने भएका हुन्। यो टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू रहनेछन्।

बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ

त्यसैगरी १० जना पशु चिकित्सक र ५ जना  रेन्जरलाई पनि टोलीमा राखिने छ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले बादर नियन्त्रणको उपाय खोजीका लागि भारत जाने प्रस्ताव गरेकी थिइन्।

उनको त्यही प्रस्तावअनुसार १९ जना सांसदहरूको टोली भारत भ्रमणमा जाने तय भएको हो।

समिति सभापति राणा भारतीय पक्षले नै आमन्त्रण गरेकाले भ्रमण हुन लागेको बैठकमा बताएकी छन्। समितिका सदस्यहरूको भ्रमण मिति तय हुन बाँकी छ। भारतीय पक्षले भ्रमण मिति तय गरेर खबर पठाएपछि नेपालबाट टोली त्यता लाग्नेछ।

पोखराका एकजना वडाअध्यक्षले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान सार्वजनिक गरिरहँदा सांसदहरू पनि भारत यात्रामा जाने भएका हुन्।

संसदीय समितिको बैठकमा बाँदर नियन्त्रणबारे सांसदहरूले सरकारलाई उपाय खोज्न भनेका थिए। बाँदरका कारण खासगरी पहाडी क्षेत्रका किसानको उठिबास भएको भन्दै नियन्त्रणको उपाय खोज्न सांसदहरूले दबाब दिइरहेका छन्।

भारत जाने सांसदहरू 

अमृतलाल राजवंशी

images

अनिशा नेपाली

कुशुमदेवी थापा

images

अशोककुमार चौधरी

दिक्पालकुमार शाही

images

गंगाप्रसाद यादव

रूपा सोसी चौधरी

वीरबहादुर बलायर

विजुला रायमाझी

Nepal life insurance

सरस्वती सुब्बा

सूर्यकुमार श्रेष्ठ

सूर्यप्रसाद ढकाल

सोनु मुर्मु

नवलकिशोर शाह सुडी

मीना तामाङ

विनिता कठायत

रूपा विक

मनवीर राई

योगेन्द्र मण्डल

-एनपि न्युज