अर्घाखाँची : अन्तर धार्मिक सद्भाव महासंघ नेपाल द्वारा छलफल कार्यक्रम सम्पन्न ।

spot_img

-हिम लेकाली,अर्घाखाँची।

१९ माघ ,अर्घाखाँची-  अन्तर धार्मिक सद्भाव महासंघ नेपाल केन्द्रकाे आयाेजनामा शुक्रबार सन्धिखर्कमा परिचयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । संस्थाका केन्द्रीय संयाेजक पूर्व संविधान सभा सदस्य ईस्लाम धर्मका अभिभावक नजिर मियाकाे उपस्थितिमा सम्पन्न छलफल कार्यक्रममा अर्घाखाँची जिल्ला का बिभिन्न धार्मिक सम्प्रदायका ब्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।

छलफल तथा परिचय कार्यक्रममा आफ्ना भनाइहरू राख्दै संयाेजक नजिर मियाले देशमा यति बेला धार्मिक सद्भाव खल्बलिन थालेकाे र धार्मिक सहिष्णुता हराउँदै जान लागेकाेले सबै धार्मिक सम्प्रदाय बिच एकता, भाईचारा , सद्भाव कायम गरि समाजमा शान्ति स्थापना गर्नु हामी सबैकाे दाईत्व भएको ले साे उद्देश्यलाई पूरा गर्न संस्थाकाे जन्म भएको बताउनु भयाे । उहाँले भन्नू भयाे राज्य सबै काे साझा हाे ,राज्यको कुनै धर्म हुँदैन तर ब्यक्ति धर्म निरपेक्ष हुँदैन ,सबै नागरिककाे कुनै न कुनै धर्ममा अास्था हुन्छ । ती सबै आस्था केन्द्रहरूलाई मिलाएर राख्ने काम राज्यकाे हाे ।

२०८० असाेज ९ गते बुटवलमा भएको एक बृहत बहु पक्षीय धार्मिक भेलाले केन्द्रीय तदर्थ समिति गठन गरेकाे र यस्ले संपूर्ण बैधानिक कामहरू पूरा गर्दै अगाडि बड्न थालेकाे उहाँले बताउनु भयाे ।

छलफल कार्यक्रममा हिन्दु धर्म रक्षा परिषद नेपालका केन्द्रीय अध्यक्ष नारायण खनालले हाम्रो संस्कार संस्कृति नेपाल र नेपालीहरूकाे अस्तित्व पहिचान संकटमा पर्दै गएकाेले यस्काे बचाउकाे लागि सबै लाग्नु पर्ने बताउनु भयाे । नेपालीकाे घर टुक्राउन छद्म भेषीरूपमा खेलखेल्नेहरू प्रति सबै सचेतहुन आग्रह गर्दै घरै टुटाउनेहरू काेहि पनि धार्मिक नहुने बताउनु भयाे ।

छलफल कार्यक्रममा ख्रिष्टियन महासंघ लुम्बिनी प्रदेश संयाेजक बिष्णु परियारले सबै धार्मिक संस्था बिच एकता कायम गरि शान्ति मार्गलाई प्रस्सत गर्न थालनी भएकाे याे संस्थालाई सबैले मिलेर अगाडि लैजानु पर्ने बताउँदै आफु र आफ्नाे संस्था साथ सहयाेगमा रहने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा हिन्दु धर्म रक्षा परिषद जिल्ला अध्यक्ष नारायण खड्का , पूर्ण ब्रह्म कविर उपासक समाजका शाेभ बहादुर खत्री ,ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बाट नन्दुराम भट्टराई , नेपाल बुद्ध सेवा समाज अर्घाखाँची बाट ईन्द्र बहादुर ग्लेन मगर ,नेत्र बहादुर थापा , ईसाई समाज अर्घाखाँची

अध्यक्ष मनिस सीं , र मानव धर्म सेवा समाज बाट राधा नेपाली काे उपस्थिति रहेकाे थियाे । उहाँहरू सबैले आआफ्ना धारणाहरू राख्नु भएकाे थियाे । निकट भबिष्यमै अझ ठुलाे बसाईकाे आयाेजना गरि धार्मिक सद्भाव महासंघ तदर्थ समिति अर्घाखाँची काे निर्माण गर्ने सहमतिका साथ परिचय तथा छलफल कार्यक्रम समापन भएकाे थियाे ।

आफ्नाे ब्यस्त समयलाई उचित प्रबन्ध गरि बिषयलाई महत्व दिई उपस्थित हुने सबै प्रति केन्द्रीय संयाेजक नजिर मियाले आभार तथा कृतज्ञता ब्यक्त गर्नु भएकाे थियाे ।

 

 

अन्य समाचारहरु