नेपालबाट पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमै बसे

spot_img

काठमाडौँ । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासको लागि गएका छन् । आईतवार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो ।

एकवर्षमा १६ लाख नेपाली विदेशिए, धेरैको गन्तव्य यूएई, १७ सय बढी रुस पुगे (सूचीसहित) - Hamro Global Media

समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताउनु भयो । उहाँले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताउनु भयो । उहाँले यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना,अस्थायी बसोवास भिसामा ९२ हजार ३४९, स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएको बताउनु भयो । उहाँले यसरी पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएको दाबी गर्नुभयो । महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको संख्या समावेश नभएको बताउनु भयो । उहाँले सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएको बताउनु भयो ।

एक वर्षमा १६ लाख विदेशिए, कुन देशमा कति ? - नेपाल समय :: Nepal Samaya - Online News Portal

उहाँले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नाता सम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको बताउनु भयो । उहाँले भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको बताउनु भयो । उहाँले अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फाल्गुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताउनु भयो ।

उहाँले अध्यागमन विधेयकलाई वर्तमान समय सापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो । उहाँले अहिले १० लाख पर्यटक भित्रिए भने पनि अध्यागमन विभागको तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा नभित्रिएको दाबी गर्नुभयो ।

उहाँले अध्ययन भिषा, कामदार भिसाा,रिटायरमेण्ट भिसा,मेडिकल, भिसा,धार्मिक भिसा,खेलकुद भिसा लगायत अन्य प्रकारका भिषाहरु थप्नु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले १७ बँुदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काईएको बताउनु भयो ।

एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेश उडे

उहाँले भन्नुभयो,‘सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशिँदा १२ लाख ६३ हजार ४६९ भित्रिए । ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेका छन् ।

यस अवधिमा अध्ययनको लागि १ लखा ८ हजार ५४२ जना,अस्थायी बसोवास भिसामा ९२ हजार ३४९,स्थायी बसोवास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डण्न्ट भिसामा २० हजार ६१३ जना गरी पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रुपमा विदेश बस्नेगरी गएका छन् । यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरुको संख्या समावेश छैन ।

सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रुपमा विभिन्न देश गएकोमा नातासम्बन्ध भिसामा १ लखा ६७ हजार ४८५ र भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएका छन् । अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ फगुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको छ ।’

वैदेशिक रोजगार बाध्यता कि विकल्प !' – PrawasKhabar

‘अध्यागमन विधेयकलाई वर्तमान समय सापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक छ । नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक छ । भ्रमण भिसामा भित्रनेपछि कामदार भिषामा परिमार्जन गर्नुपर्ने अवस्था छ । अहिले १० लाख पर्यटक भित्रिए भनिएको छ । तर हामी भन्छौं तथ्याङ्क हेर्दा १० लाख पर्यटक नेपालमा भित्रिएका छ्रैनन् ।

अध्ययन भिसामा आएर कामदार भिसामा परिवर्तन गर्ने,भ्रमण भिसामा आउनेहरु अध्ययन भिसामा बस्ने परिवर्तन भइरहेको छ । अध्ययन भिसा, कामदार भिसा,रिटायरमेन्ट भिसा,मेडिकल, भिसा,धार्मिक भिसा,खेलकुद भिसा लगायत अन्य प्रकारका भिसाहरु थप्नुपर्ने अवस्था छ ।

अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण स्वचालित बनाई स्थल नाकाहरुलाई थप व्यवस्थित बनाउन पूर्वाधारहरु बनाउन जोड दिनुपर्ने देखिन्छ । १७ बँुदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काईएको छ ।’

उहाँले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निस्काषन गरिएको बताउनु भयो । उहाँले सन् २०१७ मा ५५९,२०१८ मा ६७८,२०१९ मा ६७१,२०२० मा ३३२,२०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निस्काषन गरिएको बताउनु भयो । उहाँले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मुलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताउनु भयो ।- एनपि